सबै भन्दा ठुलो शक्ति भनेकै सहनशक्ति हो। शक्ति लाइ शक्तिले कहिलै पनि जित्न सकिदैन। त्यो व्यक्ति शक्तिसाली या बलवान कहलिन्छ जो सँग शक्ति र सहनशक्ति दुवै हुन्छ। उसलाई कसैले पनि जित्न सक्दैन। जब कुनै व्यक्ति लाचार या कम्जोर महसुस गर्छ तब उसलाई रिस उठ्छ। रिस सबैलाई उठ्छ। मानबिय स्वभाब हो, रिस। रिस लाइ नियनत्रणमा राख्न जान्नु पर्छ। अनियन्त्रित भएमा संसार नै विध्वंस तिर जान्छ। चाहे त्यो आफु भित्रको संसार होस् या बाहिरि। तिमि रिसाएउ, म पनि रिसाए, फ़काउछ कसले ? आक्रोस संगै दुरी पनि बढ्दै जान्छ, दोस लिन्छ कसले ? त्यसैले रिसलाई समयमै नियन्त्रण गर्न जरुरि हुन्छ। मनमा प्रश्न उठ्न सक्छ, रिस लाइ नियन्त्रण त गर्ने, तर कसरि ? भनिन्छ नि कुनै समस्या छ भने तेस्को समाधानको उपाए पनि पक्कै हुन्छ। त्यस्तै रिस लाइ शान्त पार्ने पनि त केहि राम बाण होला नि ? हो पक्कै छ। यदि तपाइको कोहि आफ्नो मान्छे तपाई संग रिसाएको छ भने तपाइले अरु केहि गर्नु पर्दैन त्यहि रिसको सहि उपयोग गर्नु पर्छ। रिसको सहि उपयोग कसरि ? जुन रिस तपाइँ माथि खान्नी रहेको छ त्यसैलाई उल्टो पारेर प्रहार गर्नुस स्तिती सामान्य हुन्छ। अझै बुझ्नु भएन ? "रिस" को उल्टो के हुन्छ ? "सरि" हो त्यहि सरि हो रिस को राम बाण उपाए।
You will also like
वनजंगलको संरक्षण
- 2
- 1954
बाल श्रम
- 1
- 1452
She and I
- 2
- 1334
सदाबहार गुञ्जायमान गुल्जार
- 1
- 1325
ओशिन संग एक दिन
- 0
- 1310



Leave a Comment: