
विकासको गतिमा दौडि रहेको नेपाल भनेर लेखूँ भने
विकासको नयाँ चिन्ह कतै झुल्किएको छैन ।
लोकतान्त्रिक नेपाल भनेर विश्वमा चिनाऊ भने
कमजोर माथिको दमन र अत्याचार रोकिएको छैन ।
जलसोतको धनी देश भनेर वणर्न गरू भने
सबैले सफा पानीको स्पर्श गर्न पाएका छैनन् ।
कुषि प्रधान देशको रूपमा चिनारी दिऊ भने
भोकमरिलाई कहिल्यै बिदाई गर्न सकेको छैन
प्राकृतिक सम्पदाको धनी भनेर परिचय दिऊ भने
विश्वमा नमुना बनेर प्रस्तुत हुन सकेको छैन ।
खोलानाला प्रशस्त छन् भनेर सुनाऊ भने
सबैको उज्यालोमा बस्ने रहर नै पुगेको छैन ।
गौतम बुद्धको शान्ति भूमि भनेर फैलाऊ भने
शान्तिको बाटो हिड्ने कोही छैन ।
भृकुटी तारा उदाइन भनी गर्व गरौ भने
त्रास अन्धकारमा साहारा दिने कोही छैन ।
आखिर म के लेखूँ ?
के भनेर नेपालको वर्णन गरू ?
लेख्ने कुनै शब्द नै छैन ।
Leave a Comment: