"मलाई पोल्छ"

आगो लाग्दा यो देशमा

देशलाई होइन मलाई पोल्छ,

मेरा प्रत्येक धड्कन भरि हरपल,हरदम नेपाल बोल्छ।

छातीभरी मात्तृत्व छ

तनैभरि नेपालीपन,

झूकाउनु छैन कहिल्यै 

नेपालीको शान,स्वभिमान।

          १

बाढी आई तराई डुब्छ,

हरेक वर्षायामसँगै,

खाने,लाउने खोसिइन्छ,

चुँडिन्छन् प्राणसँगै।

भू-कम्प र पहिरोले

सताइरन्छ पहाडलाई,

हिम पहिरो,शितलहर

पिरोलिरहन्छ हिमाललाई।

        २

चुपचाप सिंहदरबार 

पसि बस्छ मेरो सरकार,

गरिब र निमूखा जनताको

कैले होला खै त उद्धार?

भू-कम्पले देको घाउ 

अझै पुरिएको छैन,

ओत लाग्ने छत छैन,

खाने,लाउने केहि जुरेको छैन।

        ३

जोशिला ति यूवा वर्ग 

परदेशतिर पसिसके,

फर्कि आउँछु भन्दा भन्दै

मरभूमिमै फसिसके।

नपुगेसी आफ्नो खोरिया 

खोस्री गाँस,बास,कपास टार्न,

टेक्नै पर्यो मुगलान हजुर, आवश्यकता लाई जंघार तार्न।

             ३

सुन्दैछु म बेचियो रे

लिपुलेक,नालापानी,

कसले अंगभंग पार्यो यो 

देशलाई क्रुर बनि।

चारैतिर देख्छु अचेल,

विकृतिकै दाउ हुन्छ,

नियालेर हेर्दा देशलाई

मनैभरी घाउ हुन्छ।

       ४

बनाइ छाड्यौ सात प्रदेश

मेरो सिंगो देशलाई,

के सजाउन सक्लाउ र 

अब पूर्खाले झैँ यसलाई।

रुदैँछन् नियालि हेर

हिमाल,पहाड अनि तराई,

एउटै कोखको सन्तान छिनाई,बनाइदियौ झट्ट पराई।

       ५

आगो लाग्दा यो देशमा,

देशलाई होइन मलाई पोल्छ,

मेरा प्रत्येक धड्कन भरि हरपल,हरदम नेपाल बोल्छ।

        ------

धन्यावाद।



Leave a Comment: