मुस्कुराउदैमा तिम्ले मलाई मेरो हो भन्न मिल्छ र ?

मुस्कुराउदैमा तिम्ले मलाई मेरो हो भन्न मिल्छ र ?
जिस्काउदैमा तिम्ले मलाइ धेरै भो भन्न मिल्छ र ?
आरे यार ढिपी नगरन
अर्कैलाई दिईसकेको मन त्यसै फिर्ता गर्न मिल्छ र ?

फर्केर हेरेको मात्र, तिम्ले मनपरेको हो भन्न मिल्छ र ?
झुकिएर नजर परेछ, मलाइ फुल झरेको भन्न मिल्छ र?
आरे यार कमसेकम बुझन
अर्कैले वैना मारेको तनमा तिम्ले सुर्ता गर्न मिल्छ र ?

मिठो बोली बोल्दैमा कसैलाई दिल दिनै पर्छ र ?
मनको कुरा खोल्दैमा सिउँदो पनि छिन्नै पर्छ र ?
आरे यार बल नगरन
कसैको मायालाई आफ्नो विर्ता सम्झिन मिल्छ र ?

आरे यार अति भो, कस्तो सारा धर्ति भो
एउटा मुटु बाडन कहाँ हजार टुक्रा पार्न मिल्छ र ?
हर प्यासी नजरलाई वस्न त्यहाँ घर दिन मिल्छ र ?
तिम्रो विग्रेको मति भो
मनको राजा हटाई तिमीलाई मुटुमा दर्ता गर्न मिल्छ र ?



Leave a Comment:


Jun 26, 2020
wow.