फर्फर फैलाउदै रातो, यो चन्द्र सुर्य झण्डा
विजयको विगुल फुक्दै हातमा लिएर खुँडा
सगरमाथा शिरको गौरव, गोर्खालीको पौरख
जयकाली जय गोरख, जयकाली जय गोरख
अगी बढ्छ फेरी पुर्व टिस्टा पश्चिम कांगडा
न भुलेका छौ बाटो अझै न विर्सेका छौ माटो
अझै हर डोब भेटिनछन रगतले रंगिएको रातो
ति भुमि मिचिदा नशामा बगिरहेछ रगत तातो
छिमेकीहरु नजर लगाउछन् हाम्रो अस्मितामा
सगरमाथा, लिम्पियाधुरा मिचिरहेछ सुस्तामा
आउ हिसाबकिताब मिलाउनै पर्छ हाम्रै पुस्तामा
बरु फेरी लड्छन् अमरसिंह किल्ला कालापानीमा
नथाकेका बलभद्र अझै लड्छन् गढी नालापानिमा
फेरी मुस्काराउछिन नेपाल आमा हर विहानीमा
जहाँ जहाँ पाइला राख्छन पृथ्वीनारायण शाह
जहिले सिंहासनमा बस्छन श्री पाँच महेन्द्र त्यहाँ
रास्ट्रभक्ति फक्रिन्छ मेरो आस्था राजसंस्थामा
You will also like
दर्द
- 1
- 1670
My Happiest Hour
- 6
- 1661
"लग्ता हे "
- 1
- 1598
काश ~ बता पाता
- 1
- 1575
"मलाई पोल्छ"
- 1
- 1463
A Final Plead!
- 0
- 1446


Leave a Comment: