चुरोटको सम्झाना अब बिर्सन

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

तिमीलाई त चुरोटको ठुटोले पनि सम्झिदो हो,
बिहानी तिम्रो साथ नपाए बेलुकी बेजोड सँग सल्किदो हो ।
तिमी पनि त म भन्दा उसैसँग नजिक छौ नि,
म त हुँदा सम्म ठीक नत्र उस्कै त साथ छ नि ।


तिम्रो ओठले उस्लाई नै चुम्न ठिक मान्दो हो,
उस्ले तिम्रो पिडा जो बुझिदिन्छे रे
मैले त बुझेर पनि बुझ्न नसक्ने रहेछु
त्यो नसामा उन्मात हुन बेग्लाई आनन्द भन्छौ,
त्यो धुवाको कुहिरोमा बिलिन हुन छुट्टै अनुभव भन्छौ,

तेस्तो आफैलाई भुल्ने, संसार नै बिर्सने सौख हो कि बाध्यता ?
बाध्यता भनउ त संसार तेस्कैभर चल्ने त होईन
सौख नै होला सायद जस्को न बर्तमान छ न भविष्य नै ।
स्वार्थी त म रहेछु आफ्नो सोचेर तिमीलाई बचाउन खोजिरहे
निस्वार्थी त फेरी पनि उ नै रहिछ आफु जलेर तिमीलाई खुशी पारिरहि

तिमीलाई त पत्तै छैन नि तिमी भित्र त्यस्ले के गरिरहेछ
तिमीलाई नजिकै बाट नचिने पनि भित्रै देखी जानेकी छु ।
तिमीमा सास भर्न बरु सक्छु सायद तर उस्ले खोक्रो नै बनाए पनि तिमी उस्कै साथ मन पराउछौ 
अभावमा समेत तिमीलाई उस्कै तल तल लाग्छ

तिमी बिवश छौ , तिमी लाचार छौ,
तिमीलाई उस्ले आफ्नो बसमा पारी सकी तर तिमी अनबिज्ञ छौ
सायद तिमीले समय मै सजग भएको भए तिमी उस्को दास हुन पर्दैन थियो होला,
अझै पनि ढिलो भएको छैन ,उस्को साथ छोडिदेउ, उस्को यादको कुहिरोमा रुमलिन बिर्सीदेउ

स्वतन्त्र भै बाच्न सिक, श्वसथ भै जिउने प्रायत्न गर ।
तिमी एक दिन भए पनि बढी बाच्ने छौ
तिम्रा परिवार्ले तिम्रो एक दिन भए पनि बढी साथ पाउनेछन ।
सोच एक पटक्, जवाफ अहिले चाहिएन
जिन्दगीको त साथ छुट्छ, यो त केवल एक आदत नै मात्र त हो कसो नछुट्ला
 



Leave a Comment:


P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier
U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design