भख्खरकी छिन भगाई ल्याए,गल्ती मन पराई दिनु!
प्रदेश जाँदैछु आमा मरे भने, बिहे अन्तै गराई दिनु!
छोरी ठान्दै पढाउनु बाबा,पढ्ने मन छ सार्है उस्को,
पढ्न छाड्लिन हौसला देनु, डर सबै मराई दिनु!
दु:ख छ रे ! प्रदेशमा,प्राणको भर छैन भन्छन् ,
बाचा गर्देउ मरे आमा,सिउदो अन्तै भराई दिनु!
बुहारीले प्रस्न गर्लिन,दोस्रो बिहे किन भन्दै,
बाचा लिएर गको छ, रुदै उन्लाई कराई दिनु!
सोर्ह बर्षे भख्खर उनी,पाप लाग्छ बाबा आमा,
मेरो आत्मा खुशी हुनेछ,अन्तै बसाई सराई दिनु!
You will also like
My Happiest Hour
- 6
- 1716
दर्द
- 1
- 1705
"लग्ता हे "
- 1
- 1634
काश ~ बता पाता
- 1
- 1618
"मलाई पोल्छ"
- 1
- 1506
A Final Plead!
- 0
- 1501


Leave a Comment: