जबजब दिन ढल्दै जान्छ
सूर्यको शक्ति गल्दै जान्छ
परिवर्तन मनमा पाउँदिन म
आजकाल अक्सर रमाउँदिन म
बन्छु म बाहिर कुर्सी तानी
सताउँछु मनलाई जानी जानी
पोल्दैनन् विगतका घाउले मलाई
पगाल्दैन बालिया ढाउले मलाई
पिडाले पिडा दिन छोडेछन् कि भनी
बाटो आँशुले मोडेछन् कि भनी
खोतल्दै छु बाकस अब, खुशीका ति पलका
बितेका थिए जुन, दिनहरु सितलका
हाँस्न खोज्छु, सन्नाटा चिर्दै यो रातको
छाउन जोज्छु, उमंग उस्तै त्यो बातको
न ल्याउन सके हाँसोको छिटा नै मेरो मनमा
न मर्न सके उमंग, उस्तै त्यो वातको
लामो स्वास लिँदै, आकाशका तारा गनि बस्छु म
बितेका सुख दुःख नि आफ्नै थिए भनि बस्छु म
न हाँस्न सक्छु,, न रुन सक्छु
अवस्था मनको, अज्ञान बनि बस्छु म
You will also like
दर्द
- 1
- 1670
My Happiest Hour
- 6
- 1661
"लग्ता हे "
- 1
- 1598
काश ~ बता पाता
- 1
- 1575
"मलाई पोल्छ"
- 1
- 1463
A Final Plead!
- 0
- 1445


Leave a Comment: