जहाँ शिक्षा र चेतनाको अभाव हुन्छ,त्यहाँ निम्तिन्छ उग्रपन्,
जुन समाजलाई कुसंस्कार र विभेदको जालोले छोप्छ,त्यहाँ निम्तिन्छ मानव बेचविखन!
मानव तस्कर तथा बिक्री कै लागि अपनाइन्छन् यहाँ विभिन्न तरीका,
बढिरहेको छ मेरो समाजमा अपराधजन्य कार्य हिंशा छन् थरि-थरिका!
सपनाको महल देखाउँदै जब पस्छन् नौला मान्छेहरु गाउँ घर,
बढाउँछन् सम्बन्ध छिनभरमै झुक्याउँदै आफ्नो नाम,थर!
अनि फसाउँछन् कसैलाई प्रलोभन को जालोमा,कोहि पर्छन् बाध्यतामा,
हाम्रै समाजको अन्धो निति अनि गरिबीपनले यस्ताघृणित कार्यलाई बढावा दिइरहेको छ वास्तवमा!
रोजगारीको अभाव या अन्य कुनै बहानामा मेरो समाज हरपल छटपटाइरहेको हुन्छ,
त्यस्तै मौका छोपी-छोपी यस्ता कुकर्महरु फस्टाइरहेको हुन्छ!
हाम्रा चेलिहरु कोठीको नारकिय जीवन व्यतीत गरिरहेका छन्,तर समाज अझै बहिरो छ,
सुन्नेलाई त खै के पिडा, भोग्नेको जीवनमाा जताततै पहिरो गएको छ!
मेरो बिन्ती छ सम्बंधित निकायलाई, निर्मूल पारौँ यस्ता समस्याहरू,
उद्योग खोलौँ, कलकारखाना चलाऊँ,सिर्जना गरौँ रोजगारीको अवशरहरू,
जुटौँ सबै युवामन मानव बेचविखन को तिरस्कार गरौँ,
विसंगति, विकृति र कुसंस्कार को बहिस्कार गरौँ!
हटाएर दानवपन,स्वाभिमान को रक्षा गरौँ!
धन्यवाद!
मन्दा पौडेल
You will also like
My Happiest Hour
- 6
- 1716
दर्द
- 1
- 1705
"लग्ता हे "
- 1
- 1634
काश ~ बता पाता
- 1
- 1618
"मलाई पोल्छ"
- 1
- 1506
A Final Plead!
- 0
- 1501


Leave a Comment: