तिम्रो आँखा को वर्णन गर्दा
तिमि लजाउथ्यौ
तर तिम्रा आखा हरु बोल्थे
बोल्थे तिमीले वर्णन गर्दा
मलाई आनन्द लाग्छ
अजै केहि भनन त्यसैले
म गर्थे अनन्त वर्णन
जुन आज कथा भयो
तिम्रो कोमल हात हरु
मलाई छुन डराउथे अनि काप्थे
तर भन्थे तिमीले छोउ न
अनि नथाहा पाउने गरि छुन्थे
तिमि मैले देखुला कि गरि मस्कुराउथ्यौ
जुन आज कथा भयो
तिम्रा अल्झिएका केशहरु
हावाको मद्दत लि मलाई चुम्न
आउथे मलाई तिमीले नै चुमे झैँ लाग्थ्यो
अनि म पनि तिमीले नदेख्ने गरि
मन मनै लजाइदिन्थे
जुन आज कथा भयो
थाहा छैन
कसम मलाई थाहा छैन
कुन दिन देखि तिमि मेरी भएनौ
अनि
शायद तिमीलाई कथा भयो
तर
मेरो लागि जिन्दगीभरको लागि
निको नहुने व्यथा भयो
जिन्दगी निको नहुने व्यथा भयो
You will also like
My Happiest Hour
- 6
- 1836
दर्द
- 1
- 1741
"लग्ता हे "
- 1
- 1671
काश ~ बता पाता
- 1
- 1654
A Final Plead!
- 0
- 1561
"मलाई पोल्छ"
- 1
- 1532


Leave a Comment: