बालश्रम

Popular Categories

P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier

सानैमा टुहुरो भएको म

भोको पेट ले

भौतारिदै भौतारिदै

गाऊ छाडेर आएको

बर्षौ पछी मात्रै

मैले काम पाए

माटो बोक्ने,

ईटा बोक्ने,

ईटा बनाउने

दिन भरी धुलो खान्थे

धूलो संगै साऊ को गाली

साँझ मा बिहान को भात खाएर

मन मा अनेकौ सपना बुन्दै

जुट को बोरा मा पल्टिन्छु

भोली बिहान उठ्ने बित्तिकै

ईटा भट्टा पुग्नु पर्छ

फेरी सदा को जस्तै

उही माटो बोक्ने ठेला

साँझ सम्म धकाल्ने काम

३० दिन बिहान देखि

बत्ती मा पुतली नघुम्दा सम्म

खटेर काम गर्छु

तेस बापत २ हजार थापेर

महिना को अन्तिम दिन

धेरै खुसी हुन्छु

तर

हेर्नुस त

म ईटा भट्टा मा काम गर्दा गर्दै

ईटा जस्तै भै सके

फुस्रो!

..........................

दुई हजार बोकर

होटल मा जान्छु

महिनौ अघी देखी

पैसा आए पछी

खाने योजना बनाको कुरा खान्छु

होटल का दाई ले

ओइ केटा

मेरो मा काम गर्छस

भनेको सुन्दा मक्ख पर्छु

टीठ लाग्दो नजर हेर्दै

टाउको हल्लाउछु

हुन्छ को संकेत दिदै

बिहान उठ्ने बित्तिकै

चिया

दिउसो खाना र

खाजा खाएर छाडेको

जुठो भाडा माझ्दा माझ्दै

चिया बनाउन सबै भन्दा

ठुलो भुमिका खेल्ने

चिया रंग लाई अन्तिम मा

छानेर फ्याके जस्तै

हेर्नुस त

म होटल मा काम गर्दा गर्दै

चिया को छोक्रा जस्तै भै सके

अपहेलित!

.............

तेहि होटल मा

खाना खान आउने

ड्राईभर दाई संग

खुब कुरा मिल्छ आजकल

उनी राम्रो गर्छन मलाई

भन्छन ओइ कान्छा

मेरो गाडी मा काम गर्छस

पछि गाडी पनी चलाउने बन्लास

सोचे कुरा ठीकै हो

भबिस्य हेर्दै

टाउको हल्लाय

फेरी हुन्छ को संकेत मा

म तेस दिन देखि

गाडी को ढोका

ढक ढकाउदै

मान्छे चढाऊदै

ओराल्दै सपना देख्न थाले

तर

हेर्नुस त

म खलासी गर्दा गर्दै

थोत्रो गाडी जस्तो भैसके

आफुलाई नै बोज लाग्ने!

......

दिन भरी ढोका ढक ढक गरेर थाके पछि

साझमा कल्पना मा डुब्छु

येदी मेरा पनि आफन्त हुन्थे त

मैले दुःख गर्नु पर्दैन थियो

यती धेरै दुःख भोग्नु पर्दैन थियो

झूटो सपना देखाउने हरु को पछी

लाग्नु पर्दैन थियो होला साएद

भाबुक बन्छु एकै छिन

अनि भबिस्य मा

राम्रो चालक बन्ने सपना बुन्दै

आनन्द को निन्द्रा सुत्छु....



Leave a Comment:


U

Ultra Byte

Sponsored Ad

Simple. Innovative. Development

UB box Design
P

Page Utter

Sponsored Ad

You can add description here and can upload ad photos below.

Ad Specifier